आर्थिक वर्ष २०८२/८३ मा नेपालको पुँजी बजारमा सूचीकृत कम्पनी र धितोपत्रको आकार विस्तार भए पनि नेप्से परिसूचक र बजार पुँजीकरण दुवै घटेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार २०८२ असार मसान्तमा २७९४.७९ रहेको नेप्से परिसूचक २०८३ असार मसान्तमा २५९७.८० कायम भएको छ। […]