दसैँमा आवश्यकताअनुसार नयाँ र सुकिला नोट साट्न पाइने, विशेष वितरण कार्यक्रम नहुने

नेपाल राष्ट्र बैंकले यस वर्ष दसैँका लागि विगतजस्तो विशेष कार्यक्रम घोषणा नगरे पनि आवश्यकताअनुसार नयाँ तथा सुकिला नोट सटही भइरहेको जनाएको छ। सर्वसाधारणले राष्ट्र बैंकका नियमित काउन्टर र सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नोट साट्न सक्नेछन्। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार हालैको बाढीपहिरो र विपद्बाट नागरिक प्रभावित भएको अवस्थालाई ध्यानमा […]