भारी वर्षाको जोखिम बढेपछि देशभर सतर्कता, किसानलाई बाली जोगाउन कृषि विभागको आग्रह

हुरीबताससहित भारी वर्षाको सम्भावना बढेपछि कृषि विभागले किसानलाई बाली तथा भण्डारण गरिएका खाद्यान्न जोगाउन विशेष सावधानी अपनाउन आग्रह गरेको छ। मौसममा देखिएको फेरबदल र वर्षाका कारण धानलगायत कृषि उत्पादनमा क्षति पुग्न सक्ने भन्दै विभागले पूर्वतयारी गर्न अनुरोध गरेको हो।विभागका अनुसार भित्र्याउन तयार भएको धानलाई केही दिन थप परिपक्व भएपछि मात्रै काट्न तथा काटिसकेको धानलाई हावा […]