त्यो समाज पछ्यौटे नै रहन्छ जसले उद्यमशील नागरिकलाई खलनायक ठान्छ!

आज जति पनि ठूला व्यवसायी छन्, उनीहरूले व्यवसाय थप बढाउँदै लगे भने, थप सम्पत्ति कमाए भने, उनीहरूले त्यो सम्पत्ति फेरि पनि लगानी नै गर्ने हुन्। व्यवसाय थप विस्तार गर्ने हुन्। थप रोजगारी सिर्जना गर्ने हुन्। थप कर तिर्ने हुन्।