टेलिकमको टावर निर्माणका लागि हुम्लाको लिमीमा हेलिकप्टरबाट सामान ढुवानी

सिमकोट – नेपाल टेलिकमको फोर जी सेवाको टावर निर्माण गर्नका लागि हिमालपारिको गाउँ लिमीमा सामान हेलिकप्टरबाट ढुवानी गरिएको छ। सडक सुचारु नभएको कारण पैदल मार्गबाट सामान ढुवानी हुन नसक्ने भएका कारण महँगो हवाई ढुवानी गरेर सामान हेलिकप्टरबाट ओसारिएका हुन्। निर्माण सम्झौता भएको पाँच वर्षपछि निर्माण हुन लागेको नेपाल टेलिकमको टावरका सामान हेलिकप्टरबाट ढुवानी भएको हो। […]