बिरामीलाई भत्ता दिने सरकारको निर्णयको पूर्व स्वास्थ्यमन्त्री बोहराद्वारा स्वागत

 वर्तमान सरकारले क्यान्सर, मिर्गौला र गम्भीर मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार दिने निर्णयको  पूर्व स्वास्थ्य मन्त्री  तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहराले स्वागत गरेका छन् । उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णय गरेकोमा आफू अत्यन्तै हर्षित भएको बताएका हुन् ।विज्ञप्तिमा  पूर्व मन्त्री बोहराले भनेका छन्, वर्तमान सरकारसँग सो जनमुखी निर्णयको बारेमा निरन्तर परामर्शपश्चात् सरकारले क्यान्सर, मिर्गौला रोग र गम्भीर मेरुदण्ड प