विश्वविद्यालय खेलकुद सोमबारदेखि, ट्रफी सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सोमबारदेखि प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको लोगो र रनिङ ट्रफी आइतबार सार्वजनिक गरिएको छ । राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले प्रतियोगिताको लोगो र रनिङ ट्रफी सार्वजनिक गरे ।