पहिरोले मध्यपहाडी लोकमार्ग ठप्प, बागलुङको दक्षिणी क्षेत्र यातायातबाट विच्छेद

बागलुङ : निरन्तर वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–१ पाखुतेमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो।मङ्गलबार साँझदेखि अवरुद्ध भएको उक्त खण्ड अहिलेसम्म पनि सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। भारी वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको उहाँले बताए। निरन्तर वर्षा भइरहेकाले वर्षा रोकिएपछि मात्र

सम्बन्धित सामग्री

मेस्पाङमा ६० मिटर सडक भासिएसँग मध्यपहाडी लोकमार्ग ठप्प

मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ ।

मेस्पाङमा ६० मिटर सडक भासिएसँग मध्यपहाडी लोकमार्ग ठप्प

मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ ।

पहिचानपक्षधरको बन्दले मध्यपहाडी लोकमार्ग ठप्प

एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’लाई अवरोध गर्न पहिचानपक्षधरहरूले आह्वान गरेको यातायात बन्द गराउने ५ जना पक्राउ परेका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसीमा ४ जना र नुनथलामा १ जनालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन- दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित कालापैराखोलामा आएको बाढीले बागलुङ–बुर्तिबाङ–पूर्वीरुकुम खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो। सडक शनिबार दिउँसोदेखि अवरुद्ध भएपछि पूर्वीरुकुमदेखि काठमाडौं, पोखरा, बागलुङलगायतका स्थानमा छुटेका मालवाहक तथा सवारीसाधन सडकमा ठप्प भएका छन्। लोकमार्ग ठप्प हुँदा सयौँ यात्रु सडकमै अलपत्र परेका […]

भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन – भारी वर्षका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ। लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित ठाडोखोलामा बाढी आउँदा बागलुङ–बुर्तिबाङ–पूर्वी रुकुम पूर्ण रुपमा अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा, बागलुङलगायत स्थानमा छुटेका मालवाहक तथा सवारीसाधान सडकमा ठप्प भएका छन्। लोकमार्ग ठप्प हुँदा सयौँ यात्रु सडकमै अलपत्र परेका छन्। […]

हिउँ हटाउन सुरु

मध्यपहाडी लोकमार्गमा परेको हिँउ सोमबारदेखि हटाउन सुरु गरिने भएको छ । गत साता परेको हिउँले मध्यपहाडी लोकमार्ग ठप्प बनाएको छ । भूमे गाउँपालिका–१ देखि बाग्लुङसम्मको झण्डै पाँच किलोमिटर क्षेत्रमा पाँच फिटसम्म हिउँ जम्मा भएको छ ।