यी अभिनेत्रीले गरिन् ५३ वर्षको उमेरमा छैटौं विवाह

हलिउड अभिनेत्री पामेला एन्डरसन ५३ वर्षको उमेरमा फेरि विवाह बन्धनमा बाँधिएकी छिन् । उनले एक गोप्य समारोहमा आफ्नै बडिगार्ड हेन हैहर्सटसँग विवाह गरेकी हुन् । रिपोर्टअनुसार बेवाचकी पूर्वस्टार लकडाउनका क्रममा बडिगार्डको प्रेममा परेकी थिइन् । उनले क्यानडाको भ्यान्कुभर द्वीपस्थित आफ्नो घरको मैदानमा निजी समारोह आयोजना गरी विवाह गरेकी हुन् । जानकारीअनुसार यो उनको छैटौं विवाह हो । एन्डरसनले डेलीमेलसँग भननिन्, ‘म ठीक त्यही स्थानमा छु, जहाँ म हुनुपथ्र्यो । एक यस्तो व्यक्तिको अँगालोमा जसले मलाई साँचो प्रेम गर्छ ।’ एन्डरसनले...