सुनसान अन्नपूर्ण पदमार्गमा देखिन थाले पर्यटक

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको आगमन हुन थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा अहिले पर्यटकीय याम शुरु भएकाले पर्यटकको चहलपहल हुन थालेको हो । चिसो बढेसँगै करिब दुई महीनादेखि सुनसान रहेको यस पदमार्गमा यतिबेला दैनिक २५/३० जनाको हाराहारीमा विदेशी पर्यटक आउने गरेको मनाङको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङले बताए ।  उनले विगतमा दैनिक पाँचभन्दा बढीसम्म पर्यटक आउने गरेकामा अब विस्तारै बढ्दै जाने अपेक्षा रहेको बताए । चिसो मौसमका कारण पर्यटक नआउँदा सुनसान बन्दै गएको यस पदमार्गमा पर्यटक आउन थालेसँगै पर्यटन व्यवसाय चल्न थालेको उनको भनाइ थियो ।  चिसो छल्नका लागि मनाङवासी बाहिरी जिल्ला गए पनि उनीहरूसमेत विस्तारै आउने क्रममा छन् । मर्स्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले पर्यटकको आगमन ठप्प भएसँगै आफूहरु फुर्सदिलो बने पनि यतिबेला पर्यटक आगमन आउन थालेसँगै व्यस्त हुन थालेको बताए ।   पर्यटकको आगमन हुँदा धेरै थोरै भए पनि आम्दानी हुन थालेको छ । यस याममा पहिला इजरायली नागरिक सबैभन्दा बढी आउने गरे पनि यस वर्ष इजरायली र हमासबीचको युद्धका कारण इजरायली पर्यटक नदेखिएको उनले बताए ।  पर्यटक बढ्दा दैनिक रु ६० हजारभन्दा बढी हाराहारीमा व्यापार हुँदै आएको उल्लेख गर्दै पर्यटन व्यवसायी गुरुङले मार्च ३ गतेदेखि अप्रिल अन्तिमसम्मै पर्यटकले उनको होटल बुकिङ गरिसकेका छन् ।  पर्यटन व्यवसायीहरू मेखबहादुर गुरुङ, खुसीराम गुरुङ, देवीजङग गुरुङ, चेतबहादुर गुरुङ, बगबहादुर गुरुङ पूर्णबहादुर गुरुङ, राजमान गुरुङलगायत यस पदमार्ग आसपासमा सयौं सङ्ख्यामा रहेका होटल व्यवसायीले अहिले काम पाउन थालेका छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेंसीसहर नगरपालिका–७ मनाङको चौतारा क्षेत्रका होटल व्यवसयामा समेत आम्दानी हुन थालेको छ । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ ।  विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज तथा प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन् । यहाँ आउने पर्यटक विशेष गरेर थोराङपास, लार्केपास, र कांलापासका साथै विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल अवलोकनका लागि आउने गरेको पाइन्छ ।  त्यस्तै यस क्षेत्रमा पर्ने अग्लाअग्ला हिमशृङ्खला अन्नपूर्ण दोस्रो, तेस्रो र चौथोलगायत गङ्गापूर्ण, जुलू पिक, पिसाङ पिक, नीलगिरि र तिलिचो पिकजस्ता हिमाल नजिकैबाट अवलोकन गर्न पर्यटक आउने गरेको मनाङवासीले बताए । लमजुङ बेंसीसहरबाट शुरु भई अन्नपूर्ण पदमार्गको यात्रा धारापानी र मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, घोरेपानीबाट पोखरा पुगेर सम्पन्न हुन्छ ।  पाँच हजार चार सय १६ मिटरको उचाइमा रहेको थोराङ भञ्ज्याङलाई पर्यटकहरूले पास गर्ने गर्दछन् । पदयात्राका सौखिनका पारखीका लागि यस पदमार्ग महत्त्वपूर्ण मानिन्छ । विगतमा १८ दिनसम्म यात्रा हुने यस पदमार्गको यात्रा भने सडक विस्तारले छोटिएसँगै व्यवसायमा समेत असर परे पनि पर्यटकको आगमनले व्यवसाय चल्दा आम्दानीको बाटो भइरहेको पर्यटन व्यवसायीहरूले बताए । रासस

सम्बन्धित सामग्री

सुनसान बन्दै अन्नपूर्ण पदमार्ग

पाँच जिल्ला जोडिएको पर्यटन क्षेत्रमा महत्त्वपूर्णमध्ये एक मानिने मनाङ खण्डको अन्नपूर्ण पदमार्गमा पछिल्लो समय पर्यटक घट्न थालेका छन् ।

अन्नपूर्ण पदमार्ग : कोभिड तेस्रो लहरले पर्यटक आगमन ठप्प

कास्की । विश्व पर्यटन बजारका महत्त्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घट्दा पर्यटन व्यवसायी चिन्तित छन् । दुईपटकको कोरोनाले थलिएर विस्तारै माथि उठ्दै गरेको यस क्षेत्र अत्यधिक चिसो बढ्नुका साथै पुनः कोरोना जोखिम बढ्न थालेसँगै हप्ता–दश दिनअघिदेखि पदमार्गमा आउने पर्यटक शून्यजस्तै भएका बताइएको छ । पर्यटक नआउँदा आम्दानीको स्रोत ठप्प भएको उनीहरू बताउँछन् । कोरोनाको लहर घटेसँगै विस्तारै लय लिँदै गरेको यस क्षेत्रमा दैनिक ५०–६० हाराहारीमा पर्यटक आउने गरे पनि पछिल्लो समय पर्यटकको संख्या ह्वात्तै घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले जानकारी दिए । ‘कोरोनाले थला पारेर माथि उठ्दै गरेको यस क्षेत्र अब फेरि थला पर्न थालेको छ, अझै कहिलेसम्म कोरोनाले प्रभाव पार्ने हो, थाहा छैन तर लामो समयसम्म पदमार्ग सुनसान बनेमा पर्यटन व्यवसायीलाई ठूलो नोक्सान हुनेछ,’ उनले भने । पैतीस हजारभन्दा बढी पर्यटन यस पदमार्गमा आउने गर्दछन् । यीमध्ये अधिकांश पर्यटन व्यवसायीको आम्दानीको मुख्य स्रोत पर्यटक तथा पर्यटन क्षेत्र रहेको छ । तर कोरोनाले पर्यटक आगमन थप भएसँगै उनीहरूको आम्दानीसमेत नहुने हुँदा परिवारको दैनिकी गुजारा चलाउन समेत समस्या हुने पर्यटन व्यवसायीको भनाइ छ । अन्नपूर्ण पदमार्गका पर्यटन व्यवसायी लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ जगत्का पच्चबहादुर गुरुङले भने, ‘पर्यटकको चाप हुँदा दैनिक ३०–४० हजार आम्दानी हुन्थ्यो, तर अहिले पर्यटक नआउँदा आम्दानी शून्य भएको छ ।’ रासस

अन्नपूर्ण पदमार्ग पुनः सुनसान

लमजुङ–विश्व पर्यटन बजारका महत्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घट्दा पर्यटन व्यवसायी चिन्तित छन् । दुईपटकको कोरोनाले थलिएर विस्तारै माथि उठ्दै गरेको यस क्षेत्र अत्यधिक चिसो बढ्नुका साथै पुनः कोरोना जोखिम बढ्न थालेसँगै हप्ता–दश दिनअघिबाट पदमार्गमा आउने पर्यटक शून्यजस्तै भएका जनाइएको छ । पर्यटक नआउँदा आम्दानीको स्रोत ठप्प भएको उनीहरु बताउँदछन् । कोरोनाको लहर […]

अन्नपूर्ण पदमार्ग पुनः सुनसान

कोरोना भाइरसको उच्च जोखिमसँगै प्रसिद्ध अन्नपूर्ण पदमार्ग पुनः सुनसान भएको छ । पदयात्राका लागि उपयुक्त मौषम भए पनि दोस्रो प्रकारको कोभिड–१९ को प्रभावले अन्नपूर्ण पदमार्ग पुनः सुनसान भएको हो ।लमजुङको सदरमुकाम बेसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गमा अघिल्लो वर्षदेखि नै सुनसान बनेको हो । पर्यटकहरूको उत्साहजनक आगमन हुने सिजनमा कोभिड प्रभावकै कारण यो वर्ष न्यून पर्यटक […]

प्रसिद्ध अन्नपूर्ण पदमार्ग दुवै सिजन सुनसान

लमजुङ-पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्ग यो वर्षको दुवै सिजन सुनसान भएको छ । विश्वव्यापीरूपमा कोभिड–१९ ले पारेको प्रभावका कारण पर्यटकको आगमन रोकिएपछि पदमार्ग सुनसान भएको हो ।अन्नपूर्ण पदमार्गमा अंगे्रजी पात्रोअनुसार पहिलो सिजन मार्चदेखि मे र दोस्रो सिजन सेप्टेम्बरदेखि नोभेम्बरसम्म अत्यधिक पर्यटक आउने गर्दछन् । पर्यटन व्यवसायका निम्ती यी दुवै सिजन पिक सिजनको रूपमा लिने […]