केन्द्रीय बैंकले चाँदी आयात तथा बिक्रीमा कडाइ गरेको छ । निर्देशन अनुसार आयातित चाँदी व्यवसायीले गरगहना बनाई बिक्री गर्न पाउनेछन् । यस्तै हस्तकलालगायत सामान बनाई बिक्री गर्न र त्यस्ता सामान निर्यात गर्ने प्रयोजनका लागि मात्र आयात गर्न सकिन्छ । एक पटकमा ३५ हजार डलरसम्मको मात्र चाँदी आयात गर्नका लागि सटही सुविधा दिने निर्देशनमा उल्लेख छ […]