महेन्द्रेश्वर महादेव मन्दिरमा भगवान शिवको रुद्राभिषेक (तस्बिरहरू)

काठमाडौं । वसन्तपुरमा रहेको महेन्द्रेश्वर महादेव मन्दिरको प्रवेशद्वारमा भगवान शिवको पूर्ण कदको मूर्तिमा रुद्राभिषेक तथा पञ्चामृत स्नान गरिएको छ । शुक्रबार महादेवको मूर्ति स्थापना गरेको १५ वर्ष पुगेको अवसरमा रुद्राभिषेक र पञ्चामृतले स्नान गरिएको हो । यो मन्दिरमा साउनको प्रत्येक सोमबार भक्तजनको भिड लाग्ने गर्दछ । तस्बिरहरू : अभिषेक महर्जन