काठमाण्डाै – ललितपुर मेयर महिला टी–२० क्रिकेटको मङ्गलवारकाे पहिलो खेलमा एपीएफले ललितपुर मेयर्स–११ लाई १० विकेटले हराएको छ ।
त्रिवि क्रिकेट मैदानमा ललितपुरले दिएको ६७ रनको सामान्य लक्ष्य एपीएफले नौ ओभर एक बलमा कुनै पनि विकेट नगुमाइ भेटायो । एपीएफका लागि राजमती शाहीले ३३ र इन्दु बर्माले २८ रन बनाए । प्रतियाेगितामा एपीएफको यो लगातार तेस्रो जीत हो ।
यसअघि पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा नौ विकेट गुमाएर ६६ रन बनायो । उसका लागि कञ्चन श्रेष्ठले सबैभन्दा धेरै १७ रन बनाइन् । एपीए...