गोवामा आर्मीले आज बैंगलुरुसँग एएफसी छनोट खेल खेल्दै

काठमाडौं : त्रिभुवन आर्मी क्लबले आज  एएफसी कप २०२१ अन्तर्गत प्रारम्भिक छनोटको दोस्रो खेलमा  इन्डियन सुपर लिग (आइएसएल) क्लब बेंगलुरुसँग खेल्दै छ।सुनिल क्षेत्रीको कप्तानीमा रहेको बेंगलुरुले यसअघि नै एएफसी कप खेलिसकेको अनुभव छ।  यी दुई टोलीको खेल राति पौने आठ बजे गोवास्थित जीएमसी एथ्लेटिक स्टेडियम बाम्बोलिममा हुनेछ। उक्त खेलको विजेताले तेस्रो चरणको खेल बंगलादेशको अबहानी लिमिटेड र माल्दिभ्सको क्लब इगल्स बीचको विजेतासँग खेल्नेछ। आर्मीले दशरथ रंगशालमा अप्रिल ७ मा भएको पहिलो चर