काठमाडौं : पछिल्लो समय आइसियु र भेन्टिलेटरमा पुग्ने बिरामीको संख्या बढेको छ।एक हप्तामा देशभर कोरोनाका संक्रमणका बिरामी आइसियु र भेन्टिलेटरमा पुग्ने संख्यामा उल्लेख्य वृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।शुक्रबारसम्म देशभर आइसियुमा १११ जना रहेका छन् भने भेन्टिलेटरमा २५ जना रहेको मन्त्रालयको तथ्यांकमा रहेको छ।प्रदेश १ मा १७ जना आइसियुमा रहेका छन् भने ६ जना भेन्टिलेटरमा रहेका छन्।यसैगरी प्रदेश २ मा ४ जना आइसियुमा रहेका छन्। बागमतीमा ७० जना आइसियुमा रहेका छन्