चिनियाँ सेनामाथि नजर राख्न सीमामा भारतले क्यामरा र सेन्सर जडान गर्दै

सीमा सुरक्षा एवं निगरानीका लागि भारतीय सुरक्षाबलले वास्तविक नियन्त्रण रेखामा चिनियाँ सेनामाथि कडा नजर राख्न क्यामरा र सेन्सरको सञ्जाल निर्माण गरिरहेको छ ।  एएनआई समाचार संस्थाका अनुसार, यस नयाँ सञ्जालले उपग्रह र ड्रोनसँग मिलेर काम गर्नेछ र सीमा सुरक्षाबलहरूलाई व्यापक निगरानी क्षमता दिनेछ ।  सरकारी सूत्रहरूले एएनआईलाई बताए, ‘यी नयाँ क्यामरा र सेन्सरमध्ये कैयौंलाई पूर्वी लद्दाखदेखि अरुणाचलसम्मको वास्तविक नियन्त्रण रेखामा राखिएको छ । यसबाट चिनियाँहरूको गतिविधिमा नजर राख्न सकिनेछ ।’ ‘हाई ...