काठमाडौँ । केन्यासँगको क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली भदौ ६ गते केन्या प्रस्थान गर्ने भएको छ । घरेलु टोली केन्यासँगको टी-ट्वान्टी र एकदिवसीय सिरिजका लागि नेपाली टोली २२ अगस्टमा केन्याको नैरोबी जाने भएको हो । नेपाल क्रिकेट सङ्घका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले केन्याका लागि चार वैकल्पिकसहित २० खेलाडी त्यसतर्फ जाने जानकारी दिए। […]