काठमाडौं, २४ साउन । सरकारले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई स्वीडेनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन स्वीकृति दिएको छ । हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले थपलियालाई आगामी भदौ १९ र २० गते स्वीडेनमा हुने ‘इन्गेजिङ इन्डिजेसियस पुपिल इन इलेक्सन’ कार्यक्रममा सहभागी हुन स्वीकृति दिएको हो ।