आईसीटी अवार्डमा १४ विधा, सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई ट्रफी

यस वर्षको ‘स्टार्टअप आईसीटी अवार्ड’ पोखराको यार्सा टेकले प्राप्त गरेको छ । लिभिङ विथ आईसीटीले आयोजना गरेको आठौं संस्करणको अवार्डमा डिजिटल गभर्नेन्स विधामा नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले अवार्ड जित्यो भने डिजिटल सर्भिसेस आइसीटी अवार्ड तिलगंगा आँखा प्रतिष्ठानले प्राप्त गर्‍यो ।