आदिवासी जनजातिको अधिकार र स्थानीय सरकारको दायित्व

नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसाँस्कृतिक देश हो । नेपालमा १२३ जात जाति र १२८ भाषाभाषी रहेका छन् । विविधतायुक्त समाज नै नेपाल र नेपालीको साझा पहिचान हो । भूगोलको हिसावले पनि हिमाल, पहाड, तराई (भित्री तराई) रहेको नेपाल तराईको केचनाकवलदेखि ८८४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथाको गौरव पनि हामीसंग छ ।सामाजिक एकता र साँस्कृतिक सद्भाव नेपालीको ऐतिहासिक चरित्र हो । मूलतः नेपालमा आदिवासी जनजाति, खस आर्य मधेसी र मुस्लिम समुदायका रुपमा पनि समुदायगत पहिचान छुट्याउन सकिन्छ । नेपालमा कुल जनसंख्याको