काठमाडौं । एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक भएको छ ।यो योजना भदौ १६ देखि लागु भइसकेको छ भने कात्र्तिक १४ सम्म लागू हुने बैंकले जनाएको छ ।यस योजनामा बैंकका ग्राहकहरूले एनआईसी एशिया मोबैंक प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् ।सेल्फ हेल्प बैंकिङ्गको अवधारणा अनुरुप एनआईसी एशिया मोबैंक मार्फत नै आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस सुविधाबाट बैंकका ग्राहकहरूले लाभ उठाउन सक्ने बैंकल