२६ पुुुस, काठमाडौं । काठमाडौं र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई भोलि (मंगलबार)देखि कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार बालबालिकाहरुले विद्यालयमै गएर फाइजर खोप लगाउन सक्नेछन् । जिल्ला स्वास्थ्य कार्यलय काठमाडौंका प्रमुख शम्भु काफ्लेका अनुसार काठमाडौं जिल्लाका करिब दुई लाख ७० हजार विद्यार्थीलाई खोप लगाउने लक्ष्य छ । […]