चुनावी परिणाम सार्वजनिक भएसँगै प्रदेश १ मा दलको नेता बन्नका लागि रस्साकसी सुरु भएको छ । निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनले चुनावी परिणामको बारेमा परिणामको प्रतिवेदन औपचारिक रुपमा शनिबार बुझाउने तयारी गर्दै गर्दा प्रदेश १ का विभिन्न दलहरुमा दलको नेता बन्ने दौड सुरु भएको हो । आयोगले प्रदेश १ सभा सदस्यको निर्वाचन सम्पन्न भएको प्रतिवेदन शनिबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष बुझाउँदै छ ।