हिमपातका कारण चिसो बढेसँगै डोटीमा रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ । यहाँका अस्पतालमा दैनिकजसो सयौँको सङ्ख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक आइजङ्ग कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “हिमपातले चिसो बढाएको छ, बालबालिका …