नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकामा रहेकाे लुम्बिनी चिनी उद्योगको प्रदूषणका कारण यहाँकाे जनजीवन प्रभावित बनेको छ । बजार क्षेत्रमै रहेको उक्त उद्योगबाट निस्केको धुलो र दुर्गन्धका कारण स्वास्थ्यमा समेत प्रतिकूल असर पुर्याएको भन्दै स्थानीयवासीहरु उद्योगसँग आक्रोशित भएका छन् । यता प्रदूषण नियन्त्रणका लागि जडान गरिएको उपकरण प्रभावकारी नभएकाले नियन्त्रण गर्न समस्या भएको उद्योगका प्रशासन प्रमुख […]