प्रि - ओपन सेसन : १०.३० अंकले बढ्यो नेप्से

असार ८, काठमाडौं । मंगलवार प्रि- ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १० दशमलव ३० अंकले बढेर २ हजार ८४४ दशमलव ७० विन्दुमा पुगेको छ ।  यस अवधिमा ६२ ओटा कम्पनीको शेयर खरीदविक्री भएको छ । जसमध्ये ३४ ओटा कम्पनी हरुको शेयरमूल्य बढेको छ भने १२ ओटा कम्पनीको घटेको र १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।  सबैभन्दा बढी गोर्खाज फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ प्रतिशतले बढेको हो ।