काठमाडौँ । रौतहटको चन्द्रनिगाहापुर-४ स्थित पैनिटोल बस्ने ७७ वर्षका गोपाल घिमिरेको कुटपिटबाट मृत्यु भएको छ । साउन २८ मा कुलोको विषयमा विवाद हुँदा उनीमाथि कुटपिट भएको थियो । उपचारका क्रममा उनको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले बताए । कुलोमा फोहोर जम्मा भएको विषयमा विवाद हुँदा एउटा समूहले […]