गोर्खा भर्ती असमान सन्धि र विभेदविरुद्धको आदेश कार्यान्वयन नभए आन्दोलनको घोषणा

ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले सन् १९४७ को गोर्खा भर्ती असमान सन्धि र विभेदविरुद्ध सर्वोच्चको आदेश नेपाल सरकारले कार्यान्वयन नगरे आन्दोलन गर्ने घोषणा गरेको छ । बिगेसोले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेको हो ।