चीन सीमा समस्या कायमै राख्न चाहन्छ : भारतीय सेना प्रमुख

भारतका सेना प्रमुख मनोज पाण्डेले चीनले सीमा विवाद कायमै राख्न चाहेको बताएका छन्।सोमबार पत्रकारसँगको कुराकानीमा उनले चीनले सीमामा यथास्थिति परिवर्तन गर्ने प्रयास गरे भारतले रोक्ने बताएका हुन्। यति मात्र नभई उनले जवाफी कारबाही गर्ने चेतावनी दिएका छन्।पाण्डेले  पूर्वी लद्दाखको बारेमा भारतको उद्देश्य अप्रिल २०२० भन्दा पहिलेको अवस्था पुन:स्थापना गर्ने रहेको बताए।  'पहिलो र प्रमुख चुनौती भनेको अप्रिल-मे २०२० देखि विद्यमान सीमानाको अवस्थालाई समाधान गर्नु हो', उनले