जिल्ला अस्पताल सुनसरीका ८ डाक्टरले दिए सामूहिक राजीनामा

विराटनगर । जिल्ला अस्पताल इनरुवामा कार्यरत ८ जना डाक्टरले सामूहिक राजीनामा दिएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्ड डा. देवराज घिमिरेले संरक्षण नगरेको र गाली गलौज गरेको भन्दै ८ मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका हुन् । सुनसरीको इनरुवास्थित इनरुवा अस्पतालका मेडिकल अधिकृतहरुले बिरामी र मेडिकल अधिकृतबीच भएको विवादमा मेसु डा. घिमिरे मौन बसेको उनीहरूको गुनासो छ […]