ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा स्थानीय तह मुख्य प्रतिस्पर्धाको थलो बन्ने बताउँदै आफ्ना जनप्रतिनिधिलाई काममा देखिएका कमजोरी सच्याउन निर्देशन दिएका छन्। शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै ओलीले नागरिकको विश्वास जित्ने गरी काम गर्न आग्रह गरे। राम्रो काम गरेका जनप्रतिनिधिलाई पार्टीका कार्यकर्ता र नागरिकले फेरि […]