नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना तथा दोस्रो बजार सुधारका विषयमा पहिलोपटक नेप्सेका पदाधिकारीसँग औपचारिक छलफल गरेको छ। छलफलमा नेप्सेको पूँजी तथा स्वामित्व संरचनाको पुनर्संरचना, संस्थागत सुशासन, प्रविधि, जनशक्ति र कारोबार प्रणालीमा सुधार गर्नुपर्ने विषयमा केन्द्रित रहेर विचारविमर्श भएको हो। नेपाल सरकारले चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठन गरेको नेप्से पुनर्संरचनासम्बन्धी सुझाव […]