काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीलाई छलफलका निम्ती संसदमा ल्याउन सुझाव दिएका छन्। सर्वदलीय बैठकबाट बाहिरिँदै वरिष्ठ नेता पौडेलले भने, ‘हाम्रै पालामा सम्झौता भएको एमसीसीलाई छलफलका लागि सदनमा ल्याउनुपर्छ।’ कोभिडको रोकथाममा सरकार गम्भीर हुनुपर्ने र लकडाउन गरिहाल्न नहुनेमा उनको जोड छ। रिक्त पदको निर्वाचन, एमसीसी पास गर्ने र राष्ट्रिय सहमति कसरी बनाउनेबारे बैठकमा छलफलमा भएको उनले बताए।