मधेसमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्छौँ : मन्त्री यादव

बारा– मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्ण यादवले मधेसमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने बताएका छन् । मधेस प्रदेश क्रिकेट सङ्घको दोस्रो साधारणसभा तथा प्रदेश अधिवेशनको आज बारा सदरमुकाम कलैयामा उद्घाटन गर्दै मन्त्री यादवले क्रिकेट मैदानका लागि जग्गा उपलब्ध भइसकेकाले चाँडै नै निर्माण प्रक्रिया थाल्ने बताए । मधेसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्रिकेट खेलाडी उत्पादन भइरहेको उल्लेख […]