काठमाडौं। सत्ता गठबन्धन बनाएर पहिलो दल बनेको काँग्रेसले त्यो जोगाउन नसक्दा अन्ततः सबै महत्वपूर्ण पद गुमाएको छ। एमाले र माओवादीसहितको ७ दलीय गठबन्धन बनेसँगै संसदको ठूलो दल काँग्रेस केन्द्रमा मात्रै होइन सातै प्रदेशमा सरकारविहीन बन्नेछ। अर्थात्, सातै प्रदेशमा अब एमाले माओवादी गठबन्धनको सरकार बन्नेछ।