जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत विभिन्न फाँटका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा जारी विज्ञप्तिमा बिहीबारबाट हाललाई नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका कार्य बन्द हुने उल्लेख गरिएको छ । कार्यालयले प्रदान गर्ने अत्यावश्यक शान्ति सुरक्षा, मुद्धा जस्ता विषयका सेवा लिन आउनेहरुलाई समेत पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालन गरेर मात्र आउन निर्देशन समेत दिइएको छ । प्रमुख जि