गृहमन्त्रीको निर्देशन - उद्योगी व्यवसायीलाई अप्ठ्यारो पार्ने होइन, सहज बनाउने काम गर्नुस्

उद्योगी व्यवसायीलाई काममा सहज पार्न प्रहरी प्रमुख, सुरक्षा निकायका अधिकृतलाई गृहमन्त्री बालकृष्ण खाँडले निर्देशन दिएका छन् । मङ्गलवार जनकपुरधाममा मैथिली विकास कोषले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाँडले उद्योगी व्यवसायीलाई सहज हुने काम गरिदिन निर्देशन दिएका हुन्।