कानेपोखरी गाउँपालिकाको केन्द्र सार्ने निर्णय

मोरङ – मोरङको कानेपोखरीस्थित बयरवनमा रहेको गाउँपालिका भवनसहितको केन्द्र सार्ने गाँउसभाले निर्णय गरेको छ। आइतबार गाँउपालिकामा सम्पन्न बैठकले हालको स्थानबाट प्रमुख प्रशासकीय अधिकृत भवनसहितको केन्द्र वडा नम्बर ५ को भौसाबारीमा सार्ने निर्णय गरेको हो। भवनसहित केन्द्र सार्नका लागि बैठकमा ३४ जनाले मतदान गरेका थिए। जसमा भवन सार्ने पक्षमा २७ र भवन हाल रहेको स्थानमा यथावत […]

सम्बन्धित सामग्री

मोरङको कानेपोखरी गाउँपालिका अध्यक्ष र वडाध्यक्षको कक्षमा तालाबन्दी

विराटनगर : मोरङको कोनेपोखरी गाँउपालिका अध्यक्ष र वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको छ।प्रशासकीय भवन बनाउने निर्णयविरुद्ध गाउँपालिका अध्यक्ष राजमति इङ्गनाम र ६ नम्बर वडाका अध्यक्ष खडगबहादुर बस्नेतको कार्यकक्षमा मंगलबार तालाबन्दी गरिएको हो।गाउँपालिकाले खरिद गरेको १ बिगाहा जग्गामा भएको अनियमितताको विषय सत्य तथ्य सार्वजनिक नगराई हुनसक्ने भ्रष्टाचारको ढाकछोप गर्ने उद्देश्यलाई बल पुर्‍याउने नियतबाट गाउँपालिकाको केन्द्र सार्ने र प्रशासकीय भवन बनाउने निर्णयविरुद्ध गाउँपालिका अध्यक्ष र वडाध्यक्

अध्यक्षले हाजिर हुन नदिएपछि कानेपोखरी एक महिनादेखि प्रशासकीय प्रमुखविहीन

१९ वैशाख, विराटनगर। अध्यक्षले सरुवा भएर आएका कर्मचारीलाई हाजिर गर्न रोकेपछि मोरङको कानेपोखरी गाउँपालिका एक महिनायता प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाएका शाखा अधिकृत विष्णुकुमार थेगुवालाई अध्यक्ष राजमती इङ्नामले हाजिर गर्न रोक लगाएकी हुन् । मन्त्रालयले १३ चैतमा कानेपोखरीका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेलाई […]

बालकको हत्या आशंकामा एक दम्पती प्रहरी नियन्त्रणमा

नाै वर्षीय बालकको हत्या आशंकामा मोरङको कानेपोखरी गाउँपालिका–१ बिसनपुरका दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

माओवादी केन्द्र कानेपोखरी गाउँपालिका अध्यक्षमा कार्की सर्वसम्मत

नेकपा माओवादी केन्द्र कानेपोखरीको अध्यक्षमा दुर्गाबहादुर कार्की सर्वसम्मत चयन भएका छन् । गत वर्ष सम्पन्न गाउँ सम्मेलनबाट निर्वाचित मनोजकुमार राजवंशी स्थानीय निर्वाचनपछि वैदेशिक रोजगारीमा गएपछि उक्त पद खाली थियो । गाउँपालिकाको शनिबार बसेको पूर्ण बैठकले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अध्यक्षका आकाङ्क्षी कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हरि मैनालीले नै कार्कीलाई प्रस्ताव गरेपछि उनी सर्वसम्मत भएका हुन् । कार्की रमाइलो क्याम्पसका अध्यक्ष तथा कानेपोखरी साहित्य समाजका अध्यक्ष पनि हुन् । यसअ

आठ वर्षीया बालिकामाथि बलात्कारको घटनामा गाउँमै मिलापत्र

३ साउन, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा आठ वर्षीया बालिका माथि बलात्कार भएको घटना छ महिनापछि सार्वजनिक भएको छ । गत माघ ५ गते कानेपोखरी गाउँपालिका– ६ का एक पुरुषले बालिकालाई बलात्कार गरेका थिए । घटना भएकै दिन बेलुका गाउँमै मिलापत्र भयो । मिलापत्र भएको छ महिनापछि घटना सार्वजनिक भएको हो । घटना सार्वजनिक भएपछि […]

मोरङको कानेपोखरी–७ को वडाध्यक्षमा एमाले विजयी

मोरङ – मोरङको कानेपोखरी गाउँपालिका ७ को वडाध्यक्षमा नेकपा एमालेका मोहनप्रसाद अधिकारी निर्वाचित भएका छन्। १ हजार ३ सय २८ मत ल्याएर अधिकारी अध्यक्ष पदमा दोस्रो पटक निर्वाचित भएका हुन्। गाउँपालिकास्थित निर्वाचन अधिकृत गणेश नायकका अनुसार शुक्रबार सम्पन्न मतदानमा गाँउपालिकामा २ हजार ७ सय २ मत खसेको थियो। जसमा अधिकारीका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अमृत […]

मोरङको कानेपोखरी गाउँपालिकामा एमालेको अग्रता

मोरङको खानेपोखरी गाउँपालिकामा एमालेले अग्रता लिएको छ । कानेपोखरी गाउँपालिका एमाले अध्यक्षका उम्मेदवार राजमती इङेनाम ५ सय ९६ मतसहित अगाडि छन् । कांग्रेस सञ्जय भट्टराई ३ सय २२ मतसहित इङ्नामलाई...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा आइतबार साँझमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।...

आइटिएफ मोरङको अध्यक्षमा भुजेल

मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोमा भएको पाँचौं जिल्ला अधिवेशनबाट भुजेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।...