सरकारले सिंहदरबार प्रवेशमा सहज बनाउने, प्रधानमन्त्रीसँग गृहमन्त्रीले गरे छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज बिहान बालुवाटारमा भएको भेटमा सिंहदरबारमा नागरिकको सहज पहुँच, नागरिकता वितरण, कोरोना संक्रमण बढ्न नदिन अपनाउनुपर्ने सतर्कता र चिसोबाट नागरिकलाई सुरक्षित राख्न गर्नुपर्ने तयारीका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ। साथै नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउने विषयमा समेत छलफल भएको बताइएको छ। साथै भेटमा गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन