काठमाडाैँ- बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक आज पनि बस्दैछ। बैठक सिंहदरबारमा साढे दुई बजे बस्नेछ। बैठकले सभापतिको चयन गर्ने जनाइएको छ। कार्यविधि अनुसार अर्थमन्त्रालयबाट कागजात मगाउने, सिसिटिभी फुटेज मगाउने, बजेट निर्माणमा संलग्नसँग सोधपुछ गर्ने र स्थलगत अनुगमन गर्ने कार्यक्रम समेत रहेको छ। […]