प्रविधिमैत्री सामुदायिक विद्यालय बनाउन शिक्षकलाई ल्यापटप

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका-७, सानो सिरुबारीमा रहेको श्री सिद्धिगणेश माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षकहरूलाई ल्यापटप हस्तान्तरण गरिएको छ।नमूना विद्यालय विकास कार्यक्रम अन्तरगत दोस्रो वर्ष बागमती प्रदेश सरकारले विद्यालयलाई १६ लाख ९१ हजार ४५ रुपैयाँ बजेट विनियोजन गरको थियो। विद्यालयमा अध्यापन गराउने सम्पूर्ण २८ जना शिक्षकहरूलाई एक–एक थान ल्यापटप हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक राजकुमार यादवले बताए। आइतबार एक कार्यक्रमबीच बागमती प्रदेश सरकारका

सम्बन्धित सामग्री

प्रविधिमैत्री बन्दै सामुदायिक विद्यालय

प्रविधिमैत्री शिक्षण सिकाइका लागि बागलुङका केही सामुदायिक विद्यालयले प्रयास थालेका छन् । शिक्षकलाई ल्यापटप, कक्षाकोठामा प्रोजेक्टर र टिभी जडान गरेर पठनपाठनको व्यवस्थापनमा विद्यालय सक्रिय भएका हुन् । जिल्लाको निसीखोला गाउँपालिका–१ मा रहेको देवीस्थान माध्यामिक विद्यालयले शिक्षकलाई ल्यापटप वितरण गरेको छ । निसीखोला गाउँपालिकाको रु छ लाख ५० हजार र विद्यालयको अन्तरिक स्रोतबाट रु छ लाख ५० हजार गरी रु १३ लाखको लागतमा १६ शिक्षकलाई ल्यापटप, कक्षा कोठामा स्मार्ट टिभी र प्रोजेक्टर जडान गरेको हो ।