पार्टी विवाद मिलाउन गठित कार्यदलको बैठक लम्बिएपछि ४ बजेका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक पर धकेलिएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपरान्ह ४ बजेका लागि बैठक बोलाएका हुन् ।
एमाले सचिव पृथ्वी सुब्बा गुरुङले स्थायी कमिटी बैठक बोलाइए पनि एजेन्डाबारे थाहा नभएको लोकान्तरलाई बताए ।
विवाद समाधानको प्रयास स्वरुप एमाले कार्यदलको बैठक बिहान सवा ९ बजेदेखि सिंहदरबारमा बसिरहेको छ ।
स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरू बालुवाटार पुगिसकेका छन् । कार्यदलको बैठक लम्ब...