‘सारा दुनियाँ अन्धकारमा हुँदा, जनकपुरमा ज्ञानको गंगा बग्थ्यो’—मुख्यमन्त्री योगी (फोटो फिचरसहित)

जनकपुर । जनकपुर आएका भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जानकी मन्दिरमा पूजा गरेका छन् । आदित्यनाथले बिहान जानकी मन्दिर गई पूजा गरेका हुन् ।    विवाहपञ्चमी महोत्सवका लागि आएका आदित्यनाथलाई प्रदेश २ का ...

सम्बन्धित सामग्री

भूगोलमा सानो ठूलो भएपनि नेपाल–भारत सार्वभौममा समान छौंः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भूगोल र जनसंख्यामा नेपाल र भारत सानो ठूलो भएपनि सार्वभौम समानता बरावर भएको बताउनुभएको छ । आकारमा सानो ठूलो भएपनि देशकोरुपमा हामी समान हौं भन्नुभयो । भारतीय टेलिभिजन जी न्यूजका पत्रकार सुधीर चौधरीसँग सोमबार साँझ अन्तरवार्ता दिनुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो । प्रधानमन्त्री अ‍ोलीले हामी दुई देश सार्वभौमसत्ता सम्पन्न देश भएको, असल छिमेकी र एउटै क्षेत्रमा भएको देश भएको बताउनुभयो । “यो पुरानो जमाना होइन, यो स्वाधिनताको युग हो, पारस्परिक सम्मानको युग हो, यसलाई सबैले मान्नुपर्छ” उहाँले भन्नुभयो । वहस जारी छ, यही वहसले सत्यलाई बाहिर ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । हाम्रो परम्परा पनि छ “जब दुनियाँ अन्धकारमा थियो, त्रेतायुगमा जनकपुरमा यज्ञमुल्क, डार्गी, अस्तबक्र लगायतका ऋषिहरु र विदुषीहरु, शास्त्रार्थहरुले शास्त्र, जीवनजगतका बारेमा विवाद गर्थे त्यहीबेला दर्शनको उत्पत्ति भयो” उहाँले भन्नुभयो ।