सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : वैकल्पिक सरकार गठन हुनसक्ने अवस्था छैन (पूर्णपाठ)

 प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेका छन् । प्रतिनिधिसभा विघटन गर्नुका कारण सहित ओलीले बिहिबार महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ बुझाएका हुन् । विघटनको सिफारिस गर्दा प्रतिनिधि सभाका सदस्यहरुको दलीय अवद्धता र समर्थनको आधारमा कुनै पनि सरकारले बहुमत प्राप्त गर्न सक्ने अवस्था नभएको प्रधानमन्त्रीले दाबी गरेका छन् ।संविधानको धारा–७६ को उपधारा (५) बमोजिमको प्रधानमन्त्री हुन पहिले नै राष्ट्रपति समक्ष आफुले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त ग