राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गरियोस भनेर सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता विधेयक २०७९ प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । बिहिबार सरकारले प्रतिनिधिसभामा पुनः प्रस्तुत गरेको नागरिकतासम्बन्धी विधेयकमाथि मत विभाजन गर्दा पारित गरियोस भन्ने प्रस्तावमा कूल उपस्थित १ सय ९५ सांसदमध्ये पक्षमा १ सय ३५ मत र विपक्षमा ६० मत परेको हो । प्रमुख प्रतिपक्षी दल एमालेका २८ जना बढी सांसदले ध्वनी मतको विपक्षमा उभिएर मत विभाजनका आधारमा विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्न आग्रह गरेका थिए । ने