पीएम कप फाइनल : आर्मी टस हारेर एपीएफविरुद्ध ब्याटिङ गर्दै

१७ माघ, काठमाडौं । चाैथाे संस्करणकाे प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेटकाे फाइनल खेल आज हुँदैछ । दुई विभागीय टाेली एपीएफ र त्रिभुवन आर्मी उपाधिका लागि खेल्दैछन् । एपीएफले टस जितेर फिल्डिङ राेजेपछि आर्मीले पहिले ब्याटिङ गर्दै छ । आर्मी लगातार चाैथाे पटक फाइनल खेल्दैछ । पहिलाे संस्करणमा नेपाल पुलिससँग उपाधि बाँडेकाे आर्मी पछिल्लाे दुई […]

सम्बन्धित सामग्री

पीएम कप राष्ट्रिय क्रिकेट फाइनल : पुलिसलाई आर्मीले दियो १८२ रनको लक्ष्य

काठमाडौँ- पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १ सय ८२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरको एक बल बाँकी छदाँ सबै विकेट गुमाएर १ सय ८१ रन बनायो । आर्मीका लागि विवेक यादवले ६३ ...

पीएम कप : आर्मीले अन्तिम बलमा लक्ष्य भेटायाे

काठमाण्डाै – प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई हराएको छ । आज शुक्रवार मुलपानी क्रिकेट मैदानमा भएको समूह 'ए' को खेलमा आर्मीले सुदूरपश्चिमलाई तीन विकेटले हरायो । सुदूरपश्चिमले दिएको एक सय १६ रनको लक्ष्य आर्मीले २० ओभरमा सात विकेट गुमाएर भेटायो । आर्मीका लागि हरि चौहनले ३३ र विक्रम सोबले २९ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका आदित्य महताले चार विकेट लिए ।  यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा अलआउट हुँदै एक ...

पीएम कप क्रिकेट : फाइनलमा आर्मी र एपीएफ भिड्ने

काठमाडौं ।  बागमती प्रदेशमाथि ९४ रनको शानदार जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आर्मीले राष्ट्रिय खेलाडीले भरिपूर्ण बगमती प्रदेशमाथि जित निकाल्दै एपिएफसँगको भेट पक्का गरेको हो । उपाधिकालागि यी दुई टोली शनिबार प्रतिस्पर्धा गर्नेछन् । आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दिएको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा बागमतीले ४०.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ३५ रन जोड्न सक्यो । ५ विकेट गुमाउँदा १८ रन जोडेको बागमतीका लागि ओपनर आकाश थापा पहिलो ओभरको तेस्रो बलमा पवेलियन फर्किएका थिए । कप्तान ज्ञानेन्द्र मल्लले ४७ रनको व्यक्तिगत स्कोर बनाउँदै बागमतीको इनिङ उकास्ने प्रयास गरे पनि सुशान भारीको बलमा एलबीडब्लूको धरापमा परे । विपिन आचार्यल २३ रनको स्कोर बनाउँदा नन्दन यादवले नटआउट २२ रनको योगदान गर्दा आदिल खान १० रन जितेन्द्र मुखियाको बलबमा विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट भए । यस्तै अन्य ब्याट्स म्यानले भने दोहोरो अंकको स्कोर छुन सकेनन । तीन खेलाडी शून्यमा पवेलियन फर्किएका थिए । बागमतीको इनिङलाई सस्तैमा समेट्ने क्रममा आर्मीका जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट निकाल्दा विक्रम शोब र सुशान भारीले समान ३÷३ विकेट हात पारे । यस अघि टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले पुरै ५० ओभरको समाप्तिमा सबै विकेट गुमाएर २ सय २९ रन जोडेको थियो । आर्मीको सुरुआत खराब भए पनि मध्यक्रममा ब्याट्स म्यान विक्रम शोब र राजेश पुलामीले इनिङ सम्हाले । राजेश पुलामीले अर्धसतकीय इनिङ खेल्दै टोलीको स्कोर सम्मान जनक अवस्थामा पु-याएका थिए । राजेशले ६५ रनको योगदान गरेका थिए । यस्तै भिम सार्कीले ४० रन जोड्दा बिक्रम शोबले ३५ रन बनाएर पवेलियन फर्किए । लोकेश बम २३ रनमा आउट हुँदा सुशन भारीले १६ र कप्तान विनोद भण्डारीले १० रन बनाए ।बागमतीका गौतम केसीले ५ विकेट लिए । राम नरेश गिरि, नन्दन यादव,तिलक भण्डारी ...

एपीएफले आर्मीलाई दियो २४१ रनको लक्ष्य

१२ माघ, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत दुई विभागीय टोली त्रिभुवन आर्मी र एपीएफबीचको खेल टीयू मैदानमा भइरहेको छ । जारी खेलमा एपीएफले आर्मीलाई २४१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९.४ ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको हो । एपीएफका लागि सुमित महर्जनले […]

पीएम कप : आर्मीविरुद्ध टस हारेर ब्याटिङ गर्दै एपीएफ

१२ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । समहू ए मा रहेका दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा खेल हुनेछ । यस्तै समूह बी मा रहेका नेपाल पुलिस क्लब र प्रदेश २ बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ […]