डेढ महिनाअघि आएको बेमौसमी वर्षापछिको बाढीका कारण सुदूरपश्चिमका धान, अन्य बाली र पशुपन्छीमा गरी ६ अर्ब ९६ करोड ८९ लाख २६ हजार बढीको क्षति भएको प्रारम्भिक विवरण प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको छ । बाढीले वितण्डा मच्चाएका बेला प्रदेश सरकारले किसानहरूलाई राहत उपलब्ध गराउने बताए पनि हालसम्म त्यसतर्फ ठोस निर्णय गरेको छैन ।