पत्नीलाई अँगालो हालेको देखेपछि शिक्षकको हत्या, छाती र मुखमा हानेका थिए मुक्का

धनगढी : बैतडीमा शिक्षकको हत्या गरेको आरोपमा पक्राउ परेका बोहरा दम्पतीलाई प्रहरीले सार्वजनिक गरेको छ। बिहीबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय बैतडीले अभियुक्तद्वयलाई सार्वजनिक गरेको हो।प्रहरीका अनुसार सुर्नया गाउँपालिका–२ ग्वानी घर भई पाटनस्थित कृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या आरोपमा प्रहरीले पुर्चौडी नगरपालिका ३ न्वादेउकी विमला बोहरा र उनका श्रीमान प्रजा बोहरालाई पक्राउ गरेको थियो। हिजै उनीहरूलाई पक्राउ गरिएकोमा आज प्रहरीले सार्वजनिक गरेको हो।विमला बोहरा कृष्ण मावि पा