प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले हिउँदे अधिवेशन अन्त्यबारे सरकारले संसदसँग परामर्श नगरेको गुनासो गरेका छन् ।
संसद सचिवालय सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकारहरूसँग कुुरा गर्दै सभामुख सापकोटाले अधिवेशन अन्त्यको विषयमा सरकारले परामर्श नगरेको बताएका हुन् ।
‘प्रतिनिधिसभा अधिवेशन अन्त्यबारे सरकारले मसँग केही परामर्श गरेको छैन,’ सापकोटाले भने । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले सोमवार दिउँसो १ बजेदेखि अधिवेशन अन्त्य गरिसकेकी छन् ।
प्रतिनिधि सभाको बैठक मंगलवार दिउँसो १ बज...