गुल्मी र अर्घाखाँचीमा एकै दिन चार जनाको मृत्यु

कोरोना संक्रमणका कारण गुल्मी र अर्घाखाँचीमा एकै दिन चार जनाको ज्यान गएको छ । गुल्मीको इस्मा गाउँपालिका–५ का ७९ वर्षीय पुरुषको निधन भएको छ । १९ गते कोरोना संक्रमित भएका उनी होम आइसोलेसनमा बसेका थिए । उनलाई स्वास फेर्न गाह्रो भएपछि दिउँसो पालिकाले वडा ४ को दोहोलीमा बनाएको कोभिड–१९ अस्थायी अस्पतालमा ल्याइएको थियो ।